अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडमा किसानले जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन

बिर्तामोडमा किसानले जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन


दमक – झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उत्पादित वस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा सडकमा फ्याँकेर बिरोध गरेका हुन् । कुखुरा सडकमा फ्याल्दा केही कुखुरा मरेका छन् । सडकमा कुखुरा र अण्डा फ्यालिँदा केही समय सडक अस्तव्यस्त बनेको थियो।

बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएको किसानको भनाइ छ ।

कुखुरापालक अगुवा किसान देवेन्द्र प्रसाईँका अनुसार कसैको ध्यान नगएकाले आफ्नो उत्पादन सडकमा फ्याकेर विरोध जनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडकमा नआएसम्म कसैको ध्यान नजाने रहेछ, त्यही भएर आफ्नो जे उत्पादन छ त्यहीँ लिएर सडकमा आएका हौँ ।’

सहभागी किसानले बिचौलियाका कारण आफूहरूको उत्पादन बजारमा जान नसक्ने अवस्था आएको र जाँदा पनि उत्पादन मूल्य समेत नपाएको गुनासो गरेका छन्। प्रतिगोटा ७ देखि ८ रुपियाँमा आफूहरूसँग किनेको अण्डा व्यापारीले १५ रुपियाँसम्म लिएर बिक्री गरेको बताए ।