अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पारस सम्मिलित एसियन लायन्सले जित्यो लिजेन्ड्स लिग

पारस सम्मिलित एसियन लायन्सले जित्यो लिजेन्ड्स लिग


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ। 

सोमबार भएको उपाधि भिडन्तमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हरायो। 

कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो। 

उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए। 

बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए। 

१४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्‍यो। लायन्सको जितमा उपुल थारांगाले ५७ रन र तिलकरत्ने दिलशानले ५८ रन जोडे। 

खेलका नेपालका पूर्वकप्तान पारसले बलिङ र ब्याटिङ गर्न भने मौका पाएनन्। पारसले समूह चरणका दुई खेलमा भने ब्याटिङ गरेका थिए।