अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षको मन्त्रालयलाई पत्र : हाम्रा कर्मचारी फिर्ता गर

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षको मन्त्रालयलाई पत्र : हाम्रा कर्मचारी फिर्ता गर


ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन लिम्बूले आफ्ना कर्मचारीलाई तुरुन्त फिर्ता गर्न संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् ।
आफ्नो गाउँपालिकामा रहेका विभिन्न तहका कर्मचारीलाई मन्त्रालयले सुगमका पालिकाहरुमा काज खटाइदिएपछि आफूहरुलाई काम गर्न असहज भएको लिम्बूले लेखेको पत्रमा उल्लेख छ । शिक्षा प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका कर्मचारीलाई विभिन्न ठाउँमा काज खटाइदिंदा आफ्नो पालिकाको कार्यसम्पादनमा असर परेकोले अविलम्ब फिर्ता पठाइदिन लिम्बूले आफैंले पत्र लेख्नु भएको हो ।
लिम्बूले मन्त्रालयलाई लेखेको पत्र यस्तो छ: