अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगर अब काठमाडौं प्लाजामा सर्ने,१० वर्षलाई भाडा लियो

काठमाडौं महानगर अब काठमाडौं प्लाजामा सर्ने,१० वर्षलाई भाडा लियो


काठमाडौं- महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने भएको छ ।

महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतले भाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।