अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन: अध्यक्ष ओली

कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन: अध्यक्ष ओली


बिर्तामोड – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ। 

शुक्रबार झापाको बिर्तामोडमा एमालेले आयोजना गरेको मिशन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी नामले यहाँका सबै जनतालाई सम्बोधन गरेको दाबी गर्नुभयो। 

नदी, प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको कोशी प्रदेश यस क्षेत्रको नामकरण उपयुक्त भएको उहाँको भनाइ छ । ओलीले यस प्रदेशको नाम कोशी राखेको भन्दै मुख्यमन्त्री हिक्मत कार्कीलगायात सबै सांसदलाई बधाई दिनुभयो । 

बहुमतबाट पारित भएको नाममा आन्दोलन, जुलुस गर्न नहुने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले मानिस धरतीपुत्र भएकाले कोशी प्रदेशले हामी सबैलाई समेटेको बताउनुभयो । 

यस क्षेत्रका मानिसलाई आवश्यक पर्ने अन्नसमेत कोशीबाट सिञ्चित भएको भन्दै कोशी नाम कुनै जातजातिको नभई, सबैको साझा भएको बताउनुभयो । ओलीले कोशी ठूलो कि सभ्यता  ठूलो भन्दै  कोशी भएकाले मात्रै सभ्यता भएको बताउनुभयो ।

अध्यक्ष ओलीले कोशी प्रदेशको नाम र सरकार दुबै जोगाउनेसमेत बताउनुभयो ।  ओलीले आफूहरुसँग ४० सिट रहेको र राप्रपाको ६ सिटले गर्दा १ सिट मात्रै खोज्नुपर्ने भन्दै राप्रपाले प्रदेशमा साथ दिने हुँदा सरकार कुनै पनि हालतमा नढल्ने ओलीको भनाइ छ ।