अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा गएराती ४.३ म्याग्निच्यूटको भूकम्प

बाजुरामा गएराती ४.३ म्याग्निच्यूटको भूकम्प


काठमाडौं – बाजुरामा गएराति भूकम्पको धक्का महसुष गरिएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।
केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालको जमिन मुनि धेरै ऊर्जा सञ्चित भएर बसेकाले भूकम्पको जोखिम रहेको भूगर्भविदहरु बताउँछन् ।

Skip This