अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा पानी जमेको खाल्डो बन्यो काल, एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानी जमेको खाल्डो बन्यो काल, एकै परिवारका तीन बालबालिकाको मृत्यु


काठमाडौं-सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। असार २८ गते आइतबार दिउँसो पशु बजार नजिकै पानी जमेर बनेको पोखरीमा डुबेर मृत्यु भएको हाे।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख रहेका छन्।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।

घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २:३० बजे घरबाट खेल्न निस्किएका थिए ।

वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो। सोही पोखरीमा नुहाउन गएका बालबालिका डुबेका हुन्।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This