अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड, शेरबहादुरले देशको सीमाना खुम्च्याए: अध्यक्ष ओली

प्रचण्ड, शेरबहादुरले देशको सीमाना खुम्च्याए: अध्यक्ष ओली


पाल्पा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुम्च्याएको आरोप लगाउनु भएको छ ।

मंगलबार पाल्पामा ग्रासरुट मिशन अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खुम्च्याएको आरोप लगाउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे । कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्।’

उहाँले आफू प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै प्रधानमन्त्री बन्ने कुनै रहर नभएको स्पष्ट पार्नुभयो ।