अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र लाओस भिड्दै


काठमाडौँ-प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो । आज हुने फाइनल खेलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाल आफूभन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

नेपाल लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा फाइनल पुगेको हो भने लाओस दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको हो ।