अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट टाटासुमो दुर्घटनामा तीनजनाको मृत्यू,१० घाइते,तीनजनाको अवस्था चिन्ताजनक

नुवाकोट टाटासुमो दुर्घटनामा तीनजनाको मृत्यू,१० घाइते,तीनजनाको अवस्था चिन्ताजनक


काठमाडौं- नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनाका १० जना घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका( ४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना भएको थियो । यात्रु लिएर बेतिनीबाट काठमाडौं आउँदै गरेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।