अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सगरमाथा आरोहणमा गएका तीन जना हिमपहिरोमा बेपत्ता

सगरमाथा आरोहणमा गएका तीन जना हिमपहिरोमा बेपत्ता


काठमाडौं – सगरमाथा आरोहणका क्रममा तीन जना हिमपहिरोमा परी बेपत्ता भएका छन् । बुधबार बिहान हिमपहिरोमा परेर तीनजना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो। 

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गर्नुभयो । एसपीसीसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भए पनि सफल नभएको खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ताहरुमा डा. छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्।