अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटको गरुडामा गोली चल्यो, एक जना घाइते

रौतहटको गरुडामा गोली चल्यो, एक जना घाइते


रौतहट –  रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच बुधबार भएको झडपमा गोली लागि एक जना घाइते भएका छन् । चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

गरुडा नगरपालिका वडा नम्बर-५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादवको दाहिने हातमा गोली लागि घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ।

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ।

प्रदर्शनकारीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालको सीसासमेत फुटेको छ ।नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनसनसमेत बसेका थिए । झडप पछि यादव लगायत ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी गरुडाले जनाएको छ।

प्रहरी निरीक्षक वीरेन्द्र पासवानले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरेको बताउनु भयो । गोली लागेकोबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ। 

sharethis sharing button