अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजभण्डारीको घरमा तोडफोड

कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजभण्डारीको घरमा तोडफोड


काठमाडौं – कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका जातीय संगठनका व्यक्तिहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन्।

आज बिहान पेप्सीकलोस्थित राजभण्डारीको निवासमा छापामा शैलीमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेको नेकपा एमालेले जनाएको छ।

एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । राजभण्डारी सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् ।

पहिचानवादीहरुको नाममा छिरेका व्यक्तिले घरमा तोडफोड गर्नुका साथै परिवारलाई डर देखाएर आतंकित पारेको भन्दै एमालेले कारवाहीको माग गरेको छ।

एमालेले राजनीतिक विषयमा समाधान राजनीतिक ढंगबाटै हुने भन्दै तोडफोडमा संलग्न व्यक्तिमाथि अपराधिक मुद्दामा कारवाही चलाउन ध्यानाकर्षण गरेको छ।