अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख र तीन दलका नेताबीचको बैठक स्थगित

सभामुख र तीन दलका नेताबीचको बैठक स्थगित


काठमाडौँ – सभामुख देवराज घिमिरेको आहवानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ।

आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।

सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनुभएको छ। यसअघि सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।