अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित

एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट विभूषित हुनु भएको छ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजितसमारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो विभूषण प्रदान गर्नुभएको हो ।

संविधान दिवसका अवसरमा २०७९ असोज ३ गते सो विभूषण प्रदान गर्ने सरकारले घोषणा गरेको थियो।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिँदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशीलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएको छ ।

उहाँ हाल विशाल ग्रुपका अध्यक्ष हुन्। उहाँले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

Skip This