अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक: सुवास नेम्वाङ

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक: सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताउनु भएको छ ।

हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा छ। कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि नोबेल पुरस्कार विजेता र शान्ति प्रक्रियाका नायक हुवाँ म्यानुअल सान्तोषसँग भेट गरेको छ।

राष्ट्रपति सान्तोषसँगको बैठकमा नेपाली प्रतिनिधि मण्डलका नेता तथा संविधानसभा अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवाली पनि कोलम्बिया भ्रमणमा रहेको नेपाली टोलीमा सहभागी हुनुहुन्छ।

नेपाली टोलीले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्व मन्त्री क्रिस्टो र विभिन्न पीडितहरूसँग समेत भेटवार्ता गरेको छ ।

नेपाली टोलीमा नेम्वाङसहित नेताहरु प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा हुनुहुन्छ । उहाँहरुसँगै रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन्।