अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाका वैशाख १८ गतेदेखि पूर्ण रूपमा खुल्ने

तातोपानी नाका वैशाख १८ गतेदेखि पूर्ण रूपमा खुल्ने


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको नेपाल-चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। 

२०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो। २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो। तर कोभिड सुरु भएसँगै पुन: बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो।

अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्नमिल्ने गरी नाका खुलाउने सहमति भएको हो।तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ।

सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले जानकारी दिनुभयो ।