अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती हमलाको धम्की

भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती हमलाको धम्की


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्माघाती बम हमलाको आएको छ। भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका विषयमा धम्कीपूर्ण पत्र प्राप्त भएको हो। 

धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ। पत्रमा प्रेषकको नाम र अन्य विवरण पनि उल्लेख रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई दिनपछि यही अप्रिल २४ मा मोदी कोची भ्रमणमा जाने कार्यक्रम तय छ।

सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो। पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उहाँले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिनुभएको छ ।

Skip This