अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र ‘प्रसाद-२’ आजबाट प्रदर्शनमा आउँदै

चलचित्र ‘प्रसाद-२’ आजबाट प्रदर्शनमा आउँदै


काठमाडौँ । नेपाली चलचित्र प्रसाद २ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘प्रसाद २’ आजबाट प्रदर्शनमा आउन लागेको हो । 

यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो । निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । 

तर उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो । 

राजनीतिक र सामाजिक कथाको फिल्म प्रसाद २ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । 

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

Skip This