चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ। आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो।
नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आउनुभएको हो। योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ। उहाँ सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनुभयो।






प्रतिक्रिया