अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा सांसदहरुको उपस्थिति ई-हाजिरीको तयारी

प्रतिनिधिसभा बैठकमा सांसदहरुको उपस्थिति ई-हाजिरीको तयारी


काठमाडौं – प्रतिनिधि सभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ई-हाजिरी) को तयारी अघि बढाइएको छ।

सांसदहरूको उपस्थितिको रेकर्ड प्रभावकारी बनाउनका लागि संघीय संसद सचिवालयले (ई-हाजिरी) को तयारी अघि बढाएको हो।

सांसदहरूको बायोमेट्रिक लिने काम पनि सुरु गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बायोमेट्रिकको काम सकिनेबित्तिकै ईहाजिरी सुरु हुनेछ। 

बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको थियो। 

Skip This