अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

  न्युकासल च्याम्पियन्स लिगमा छनोट  

  न्युकासल च्याम्पियन्स लिगमा छनोट  


काठमाडौँ-इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले रेलिगेशनको खतरामा परेको लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षमा पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। 

पछिल्लो पटक न्युकासल सन् २००२-०३ को सिजनमा च्याम्पियन्स लिगमा छनोट भएको थियो। साउदी अरेबियन कम्पनीले ३०५ मिलियन पाउन्‍ड लगानी गरेपछि न्युकासल टिम बलियो बन्दै गएको छ। 

न्युकासल पाँचौं स्थानमा रहेको लिभरपुलभन्दा चार अंकले अघि छ। न्युकासलले अन्तिम खेलअघि ७० अंक जोडेको छ। योसँगै उसको शीर्ष चारमा पर्ने पक्का भएको हो।

चौथो स्थानको म्यानचेस्टर युनाइटेडको दुई खेल खेल्न बाँकी रहदा ६९ अंक छ भने लिभरपुल अन्तिम खेलअघि ६६ अंक जोडेर पाँचौ स्थानमा छ। 

यता पूर्वविजेता लेस्टर रेलिगेशन जोनमा रहेको छ। १८औं स्थानको लेस्टरको ३१ अंक छ। रेलिगेशन जोनभन्दा बाहिर (१७औं) स्थानको एभर्टनको ३३ अंक छ। 

१९औं स्थानको लिड्सको ३१ अंक छ। अब एभर्टन, लेस्टर र लिड्स मध्ये दुई टिम रेलिगेशनमा पर्नेछन्, जसको टुंगो अन्तिम दिन लाग्नेछ ।-एजेन्सी