अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 हालाण्डलाई प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ अवार्ड

 हालाण्डलाई प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ अवार्ड


काठमाडौँ । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।

हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । 

२२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।

सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । हालाण्डले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरेका छन् ।