अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले बिथोलिएपछि आईपीएलको फाइनल आज

वर्षाले बिथोलिएपछि आईपीएलको फाइनल आज


काठमाडौँ-इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमबार हुने भएको छ । आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएपछि सोमबार फाइनल खेलाइन लागेको हो ।

आईपीएलको उपाधिका लागि महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा भिडन्त हुँदैछ । खेल वर्षाका कारण प्रभावित हुनसक्ने सम्भावनालाई ध्यानमा राखी फाइनलका लागि रिजर्भ डे राखिएको थियो ।

त्यसैले सोमबार फाइनल खेलाउन लागिएको हो । सोमबार पनि फाइनल खेल हुन नसके लिग चरणको खेलको प्रदर्शनका आधारमा हारजितको निर्णय लिइनेछ ।

सोमबारको खेल पनि वर्षाबाट प्रभावित भए साबिक विजेता गुजरात टाइटन्सले उपाधि हात पार्नेछ । गुजरातले लिग चरणका १४ मध्ये १० खेल जितेको थियो भने चेन्नईले लिग चरणमा १४ मध्ये ८ खेलमा मात्र जित हासिल गरेको थियो ।-एजेन्सी