अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज चार खेल

 ए डिभिजन लिग : आज चार खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । 

जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । खेलहरु दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् । 

दिनको पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लब र खुमलटार युथ क्लबबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै सुरु हुनेछ भने तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै सुरु हुनेछ । 

यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ ।