अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज ४ खेल

 ए डिभिजन लिग : आज ४ खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिगमा आज ४ खेल हुँदैछन् । लिगको अन्तिम चरण अन्तर्गत आज चार खेल हुन लागेका हुन् । 

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ । एपीएफ र फ्रेण्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

यस्तै एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

यस्तै च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।