अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईसीसी विश्वकप छनोट : नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

आईसीसी विश्वकप छनोट : नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै


काठमाडौँ-नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दैछ । 

आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । 

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।