अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरलाई उपमहानगर बनाउन राजश्व सुधार वर्षको घोषणा (पूर्णपाठ)

वीरेन्द्रनगरलाई उपमहानगर बनाउन राजश्व सुधार वर्षको घोषणा (पूर्णपाठ)


सुर्खेत-वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरमा स्तर वृद्धि गर्नका लागि राजश्व सुधारको कार्यक्रम अघि सारेको छ।

नगसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रष्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकालाई उपमहानगर बनाउने योजना अघि सार्नु भएको हो।

ढकालले उपमहानगरका लागि अपुग हुने राजश्व वृद्धि गर्नका लागि आगामी आर्थिक वर्षलाई राजश्व सुधारको वर्षको रुपमा प्रस्ताव गर्नु भएको छ। यसका लागि नगरको राजश्वको अवस्था आत्मनिर्भर र स्वनिर्भरतर्फ अघि बढाइने प्रमुख ढकालको प्रस्ताव छ।

‘यस आर्थिक वर्षलाई राजश्व सुधारको वर्षको रुपमा लिई नगरलाई आत्म निर्भर तथा स्व–निर्भर तर्फ लगिनेछ’प्रमुख ढकालले प्रष्तुत गरेको नीतिमा उल्लेख छ ।

‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगर पालिकाको लागि आवश्यक पर्ने राजश्व संकलनको लक्ष्य लिइएको हुँदा सो पूरा गरी यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न आवश्यक पुर्वाधार निर्माण गर्ने लक्ष्य पुरा गरिनेछ ’वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ‘ नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूची भित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ्ग शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई अभियानकै रूपमा अगाडि बढाइनेछ।

भेरी पम्पिङ आयोजना, नगरको गौरवको आयोजना

प्रमुख ढकालले चुनावमा उम्मेद्वार हुँदा घोषणा पत्रमा उल्लेख गरेको भेरी लिफ्टिङ मार्फत वीरेन्द्रनगरवासीलाई खानेपानी सुविधा पुर्याउने प्रतिवद्धतालाई नीति कार्यक्रममा प्राथमिकताका साथ समेट्नु भएको छ। उक्त आयोजनालाई नगरको गौरवको आयोजनाको रुपमा राखिएको ढकालले नगरसभामा घोषणा गर्नुभयो।

नगरपालिकाको नीतिमा राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त जनसंख्या र नगरको आन्तरिक तथ्यांकका आधारमा विकासका योजनाहरु निर्माण गरिने उल्लेख गरिएको छ। यसैगरी हालको सिटी बसपार्कलाई विस्तार गर्ने र ‘कर्णाली बसपार्क’ वडा नं १ मा निर्माण गर्ने प्रक्रियालाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

उत्पादन र बजारिकरण वर्ष

२७२ बुँदामा समेटिएको वीरेन्द्रनगरको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई ‘उत्पादन तथा बजारिकरण वर्ष’को रुपमा अघि बढाइने उल्लेख गरिएको छ। नगरवासीलाई शुन्य भोकमरी र खाद्य सम्प्रभुत्ता कायम गर्दै कुपोषण रहित स्वास्थ्य नगरबासी बनाउने लक्ष्य राखिएको छ।

कृषि व्यवसायको माध्ययमबाट विपन्न पिछडीएको वर्गका महिलाहरुको जिवनस्तर सुधार तथा आयआर्जनमा वृद्धिका लागी महिलाहरुलाई कृषि समुहमा आवद्ध गराई व्यवसायीक खेती गर्ननकालागी कृषि समुह निर्माण कार्य अभियानको रुपमा सञ्चालन गरी मेयर संग महिला कृषक कार्यक्रमलाई निरन्तरता दिई यस आ व मा करिव २०० जना महिलाहरुलाई स्वरोजगारमा आवद्ध गरिनेछ।

नगरपालिकाले बाँझो जमिनलाई जमिनलाई निरुन्तसाहित गरेर उत्पादन बढाउनका लागि जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिँउ भन्ने अभियान चलाउने भएको छ ।

जहाँ विद्यार्थी त्यहाँ शिक्षक

नगरप्रमुख ढकालले पेश गरेको नीति तथा कार्यक्रममा नगरको शैक्षिक उन्नती र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले गतवर्ष निर्माण गरेको १० वर्षे कार्ययोजनलाई प्राथमिकतका साथ कार्यन्वयन गरेर साक्षर नगर र रोजगारयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि ‘म बनाउछु मेरो नगरलाई शैक्षिक हब’भन्ने कार्यक्रम अघि सारिएको छ । यसैगरी विद्यार्थी र शिक्षकको अनुपात मिलाएर पठनपाठनलाई गुणस्तरीय बनाउनका लागि ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ विगतको प्रतिवद्धतालाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

हेलो मेयर !

नगरबासीको गुनासो तथा समस्या सुनेर तत्काल समाधानका लागि पहल लिन नगरपालिकामा हेलो मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ । नीति कार्यक्रम बाचन गर्दै मेयर ढकालले बताए अनुसार सेवाग्राहीलाई उच्च प्राथमिकतमा राखी उनीहरुलाई गुनासोलाई तत्काल सम्बोधन गर्न यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । नीति कार्यक्रममा उल्लेख भए अनुसार नगरपालिकामा पैसा नलाग्ने फोन नम्बर राखेर यो सेवा प्रदान गरिनेछ।