अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरी उपमहानगरपालिकाद्वारा २ अर्ब ३५ करोडको बजेट पेश (पूर्णपाठ)

इटहरी उपमहानगरपालिकाद्वारा २ अर्ब ३५ करोडको बजेट पेश (पूर्णपाठ)


इटहरी-इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड  ३१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ।

उपमहानगरको तेह्रौँ नगरसभामा उपप्रमुख संगिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सो बजेट प्रस्तुत गर्नु भएको हो।

आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान रु. ३० करोड १७ लाख, संघीय सशर्त अनुदान रु. ७२ करोड ५७ लाख, संघीय समपूरक अनुदान रु. २ करोड, संघीय विशेष अनुदान रु. ३ करोड ७५ लाख ,प्रदेश समानिकरण अनुदान रु. २ करोड ७ हजार, प्रदेश सशर्त अनुदान रु. १ करोड २३ लाख २५ हजार, प्रदेश समपूरक अनुदान रु. १ करोड, संघीय राजश्व बाँडफाँड रु. १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी) रु. २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशन रु. ३० करोड, आन्तरिक श्रोतबाट रु. ६८ करोड १४ लाख, नगद मौज्दात परिवर्तनबाट रु. १ करोड र  नगर  विकास कोषबाट ऋण ३ करोड प्राप्त भएको उपमहानगरले जनाएको छ।

Skip This