अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३४ लाखको बजेट

त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३४ लाखको बजेट


उदयपुर-त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ४७ करोड बढी बजेट ल्याएको छ।

आज नगरपालिकाकोे ११ औँ नगरसभा बैठकमा नगर उपप्रमुख महेश्वरी राईले उक्त बजेट सार्वाजानिक गर्नु भएको हो। उपप्रमुख राईका अनुसार संघिय सरकारबाट समानीकरण अनुदान तर्फ २० करोड १८ लाख, सशर्त अनुदान चालु तर्फ ५१ करोड ३१ लख, पुँजीगत तर्फ २७ करोड ४६ लाख र समपुरक अनुदान तर्फ एक कारोड ८० लाख गरी १ अर्ब २ करोड ५ लाख प्राप्त भएको छ ।

यस्तैगरी प्रदेशबाट समानीकरण अनुदान तर्फ ३ करोड ९६ लाख २ हजार, सशर्त अनुदान तर्फ १ करोड ४७ लाख २० हजार, समपुरक अनुदान तर्फ १ करोड २५ लाख ८० हजार गरी जम्मा ५ करोड ८२ लाख ६२ हजार र नगरपालिका स्रोतको आन्तरिक आय तर्फ २० करोड ३० लाख र राजश्व बाँडफाँड तर्फ १९ करोड १६ लाख ४७ हजार गरी जम्मा १ अर्ब ४७ करोड ३४ लाख ९ हजार बजेट बिनियोजन उपप्रमुख राईले जनाउनु भयो।

उक्त बजेट आर्थिक विकासतर्फ कृषि, पशुपन्छी, सहकारी, पर्यटन, उद्यमशिलता, सामाजिक विकास तर्फ शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैँङगीक समनता तथा सामाजिक, गैरसरकारी संस्था, भाषा, कला, साहित्य र संस्कृति प्रवद्र्धदन, पूर्वधार विकास तर्फ सडक तथा पुल, सिंचाई, भवन तथा शरी विकास, वन वातावरण तथा विपद्, विपद व्इवस्थापन, फोहोर मैला व्यवस्थापन, जैविक विविधता, सूचना संञ्चार लगायत कार्यमा लगानी गर्ने जनाइएको छ।

Skip This