अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यू-१६ कप : उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै

यू-१६ कप : उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै


काठमाडौँ-एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा  फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः१५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो । 

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।