अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईसीसी विश्वकप छनोट : आज आयरल्यान्ड र नेपाल भिड्दै  

आईसीसी विश्वकप छनोट : आज आयरल्यान्ड र नेपाल भिड्दै  


काठमाडौँ-आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानका लागि नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ  । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डसँग नेपालको यो पहिलो खेल हो । 

नेपालले यसअघि सातौं स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराएको थियो । आयरल्यान्डले भने प्लेअफमा अमेरिकालाई हराएको थियो ।

छनोटको समूह ‘ए’मा रहेको नेपालले चार खेलमा एक जित र तीन हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । यता, समूह ‘बी’को आयरल्यान्डले पनि चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । दुवै टिम समूहमा चौथो स्थान हासिल गरेका थिए ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने यो खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ ।