अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य


काठमाडौँ-एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज नेपालले आयोजक राष्ट्र मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य दिएको हो ।  

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । 

यस्तै निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान नीरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए । 

सन्तोष यादवले २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।