अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेतद्वारा गट्ठाघरमा सीजी डिजिटलको शो रुम उद्घाटन

महेश बस्नेतद्वारा गट्ठाघरमा सीजी डिजिटलको शो रुम उद्घाटन


चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ।

नेकपा एमालेका नेता एवं पूर्व  मन्त्री महेश बस्नेतले बुधबार शोरुमको उद्घाटन गर्नु भएको हो।

सी जी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोदरेज, सेनसेई, माइडिया, बेको, ब्ल्याक प्लस डेकर, केन्ट, एलिका, पिगन, क्रम्टन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरु उपलब्ध रहेका कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शो रुममा एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एयर प्युरिफायर, म्युजिक सिस्टम, राइस कुकरर, मिक्चर ग्राइन्डर, स्मार्ट डोमेस्टिक एप्लाइन्स, स्मार्ट होम एप्लाइन्स लगायतका थुप्रै सामानहरु रहने छन्।

ग्राउन्ड फ्लोरको २२५० स्वायर फिट एरियामा बनेको सीजी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ नि:शुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन  र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्यसहित यो शोरुम सञ्चालन गरिएको कम्पनीको भनाई छ।

Skip This