अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो,बस्ती जोखिममा

कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो,बस्ती जोखिममा


पोखरा-अविरल वर्षापछि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाएको छ। पुल बगेपछि खोलापारिको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।

बाढीका कारण स्याउली बजार क्षेत्रमा रहेका सात वटा होटलमा पानी पसेको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन्। जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको पालिकाले जनाएको छ।

यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। पालिकाले प्रहरीसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सूचना जारी गरेको जनाएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्गम र अप्ठ्यारो बाटोका कारण घटनास्थल पुग्न केही समय लाग्ने भए पनि अवस्था संवेदनशील रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Skip This