अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इङ्ल्याण्डले जित्यो यू–२१ युरोकप

इङ्ल्याण्डले जित्यो यू–२१ युरोकप


काठमाडौँ–स्पेनलाई हराउँदै इङ्ल्याण्डले ३९ वर्षपछि युरोपियन यू–२१ च्याम्पियनसिपको उपाधि जितेका छ । चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले उपाधि हात पारेको हो ।

इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् १९८४ मा जितेको थियो । इंग्ल्याण्डका गोलरक्षक जेम्स ट्राफोर्डले स्पेनले अन्तिम मिनेटमा पाएको पेनाल्टी बचाउ गरेपछि जित सम्भव भएको हो । 

पहिलो हाफको अतिरिक्त समयमा पाएको फ्रि–किकमार्फत पामरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।