अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै


काठमाडौँ-श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कप प्रतियोगितामा नेपालले आज  पाकिस्तान ए सँग खेल्दैछ । समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ । 

पाकिस्तानको ए टोली रहेपनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । 

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदैछ ।