अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसीसी एसिया कप : आज भारतसँग भिड्दै नेपाल

एसीसी एसिया कप : आज भारतसँग भिड्दै नेपाल


काठमाडौँ-श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज  नेपालले भारत ‘ए’ को सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा सुरु हुनेछ । 

नेपाल पहिलो जितको खोजीमा हुनेछ । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो भने भारतले यूएईविरुद्ध ८ विकेटको जित निकालेको थियो । 

नेपालले समूह चरणको अन्तिम तथा प्रतियोगिताको तेस्रो खेल बिहीबार यूएईसँग खेल्नेछ ।