काठमाडौँ-काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ ।
संस्थाले आन्तरिक, खुला र समावेशी गरी ३८ जनाका लागि विज्ञापनमार्फत आवेदन माग गरेको हो ।
लिमिटेडले उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि आवेदन माग गरेको छ ।
दरखास्त फाराम कम्पनीको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव श्रोत विकास शाखामा बुझाउन आह्वान गरिएको छ ।







प्रतिक्रिया