काठमाडौँ-काठमाडौँ उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले बीच बाटोमा रोकेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न रोकेका हुन् ।
उनीहरूले आज बिहानैबाट सडक अवरोध गरेर बञ्चरेडाँडातर्फ गाडी प्रवेश रोकेका छन् । फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।
अहिले ककनी वडा नं ३ र ५ तथा धुनीबेसी–१ का स्थानीय प्रदर्शनमा उत्रिएका छन् । ककनीतर्फका जनप्रतिनिधि पनि प्रदर्शनमा सामेल छन् ।
उक्त ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।




प्रतिक्रिया