अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता


काठमाडौं-परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ।

थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उहाँहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उहाँहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गर्नुभएको छ।

भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ। 

Skip This