अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको सम्भावना

आज यी जिल्लाका नदीमा बाढीको सम्भावना


काठमाडौँ–देशका विभिन्न भू–भागमा आज पनि बाढीको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक रुकुम पूर्व, रुकुम पश्चिम तथा आसपास भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

यस्तै रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको महाशाखाले उल्लेख गरेको छ ।