काठमाडौं ललिता निवास प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत लगायत कनिष्ठ कर्मचारीलाई पक्राउ गरेको विषयमा निजामती क्षेत्रका विभिन्न तह र तप्काले विरोध गरेका छन् ।
यस क्रममा निजामती सेवा संरक्षण समूहले हालै सृजना राउतको अध्यक्षतामा यो समूह गठन भएको छ । समूह समूहले भ्रष्टाचारका विरुद्धमा बिगुल फुक्ने छ भने निजामती सेवामाथि हुने सबै खाले अनुचित प्रहारका विरुद्धमा ढाल बनेर उभिने अभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विभिन्न तह हुँदै निर्माणार्थ प्रस्तुत गरेको विषयलाई नीति निर्माण गर्नेलाई उन्मुक्ति दिने तर टिप्पणी उठाउनेलाई गिरफ्तार गर्ने प्रवृत्तिका विरुद्ध ढाल बनेर उभिने अभियानको भनाइ छ । अभियानका सहसंयोजक विवेक घिमिरेका अनुसार निजामतीका तल्लो तहका कर्मचारीलाई हतोत्साहित गरेर नीति निर्मार्तालाई उन्मुक्ति दिने प्रवृत्तिका विरुद्ध आवाज उठाउनेछ । ‘सरकारले निजामती कर्मचारीलाई हतोत्साहित बनाउने गरी जसरी धरपकड गरिरहेको छ । त्यसका विरुद्ध हामी बोल्छौं’ घिमिरेले भन्नुभयो ‘निजामतीको मनोबल गिराउने यस प्रकारको प्रवृत्तिका विरुद्ध हामी सबैलाई आहान गर्छौं ।’
हर्नुहोस् विज्ञप्ति








प्रतिक्रिया