अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरव्याज पीडितहरूले मागे गृहमन्त्रीको राजीनामा

मिटरव्याज पीडितहरूले मागे गृहमन्त्रीको राजीनामा


काठमाडौं-मिटर ब्याजपीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।

उनीहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति असन्तुष्ट जनाएका छन् । संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दम्न गरे पनि माग पूरा नभई घर नफर्किने बताए । मिटर ब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय दमन गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे।

समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ।

समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने बताएकाे छ। संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहे पनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उहाँले साहुमहाजनसँग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताउनु भयो ।