अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

१७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ


सप्तरी-सप्तरीको कञ्चनरुपमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार नाबालिका माथि डर धम्की देखाउँदै सामूहिक बलात्कार गर्ने  योजनाकार कैलाश पोखरेलसहित घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको हो। 

कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको प्रहरीले जनाएको छ।

असार २९ गते शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चार जनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ।

घटनापछि ती किशोरीले परिवारलाई सुनाएपछि परिवारले साउन १ गते किटानी जाहेरी दिएका थिए। पीडितको जाहेरीको आधारमा चारै जनालाई नियन्त्रणमा लिई उनीहरू विरुद्ध “जबरजस्ती करणी सम्बन्धी कसुर” मा अनुसन्धान प्रक्रिया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत तर्फ पठाइएको डिएसपी रायले बताउनु भयो।

Skip This