अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसीसी इमर्जिङ कप : आज नेपाल र युएईबीच भिड्दै

एसीसी इमर्जिङ कप : आज नेपाल र युएईबीच भिड्दै


काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आफ्नो अन्तिम खेलमा आज युएई ए विरुद्ध प्रतिष्पर्धा गर्दैछ । 

नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार बिहान सवा १० बजे पि सारा ओभल कोलोम्बोमा शुरु हुनेछ । 

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 

दुवै टोली आजको खेल जित्दै सुखद अन्त्य गर्न चाहन्छन् ।