अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश

भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश


काठमाडौं-काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले बुधबार नै केही संरचना भत्काइसकेको छ।

महानगरपालिकाले सूचना जारी गरेलगत्तै अदालतमा महानगरको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट परेको थियो ।

अदालतका न्यायाधिस श्यामजी प्रधानको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालिन आदेश दिएको हो । अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हेर्नुहोस् आदेश