अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश


विराटनगर-सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ। 

सोमबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेश सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

मंगलबारदेखि नै पूर्ण इजलासमा सुनुवाइ हुनेछ। तर, पूर्ण इजलास तीन वा पाँच न्यायाधीश संलग्न हुने भन्ने टुंगो लाग्न बाँकी छ। आइतबार (हिजो) कोशी सरकार गठनविरुद्धको मुद्दाको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । तर, न्यायाधीश रेग्मीले रिट निवेदक हिक्मत कार्की आफ्नो साथी भएकाले मुद्दा हेर्न असहज हुने भन्दै मुद्दा नहेर्ने निर्णय लिनु भएको थियो।

प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्नु भएको थियो । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखि कोशी सरकारको वैधानिकतामा बहस सुरु भएको हो ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।