पोखरा-नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गृहमन्त्री काम गर्नुको सट्टा धम्क्याउने धन्दामा लागेको आरोप लगाउनु भएको छ।
उपमहासचिवले सो कुरा प्रेस चौतारी नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो।
अर्थतन्त्र चौपट बनाएर देशलाई सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको भन्दै त्यसको पछिल्लो उदाहरण सुन काण्ड भएको उल्लेख उपमहासचिव ज्ञवालीले गर्नु भयो।
उक्त काण्डका सक्कली अनुहार बाहिर ल्याउन आग्रह गर्दै निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्नु भयो। साच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ रहने तर वर्तमान सरकार यो विषयलाई राजनीति स्टन्ट मात्रै बनाएको भन्दै देशमा लुट आतंक मच्चाउन तल्लिन रहेको उहाँले बताउनु भयो ।




प्रतिक्रिया