अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा


काठमाडौं-कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। रिटउपर सर्वोच्च अदालतको पूर्णइजलासमा मंगलबारदेखि बहस भइरहेको छ। बुधबारका लागि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। सम्भवत् पूर्णइजलासले बुधबार नै फैसला सुनाउने छ।

यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो।

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।